कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रहेनन् पूर्वमन्त्री विष्ट

चाँदनी कठायत

वीरेन्द्रनगर — नेपाली कांग्रेसका नेता एवम् पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको निधन भएको छ ।

रहेनन् पूर्वमन्त्री विष्ट

कोरोना संक्रमणपछि काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचाररत ६० वर्षीय विष्टको आइतबार बिहान ५ बजे निधन भएको कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले जानकारी दिए ।

सुर्खेतको पञ्चपुरी नगरपालिका–११ कुइने मालुझुलनिवासी विष्ट पूर्व संविधानसभाका सदस्य पनि थिए । नेता विष्ट २० वर्षसम्म नेपाली कांग्रेस सुर्खेतको सभापति भएका थिए ।

कोरोना संक्रमणपछि गत जेठ १६ गते उनलाई प्रदेश अस्पताल सुर्खेत लगिएको थियो । स्वास्थ्यमा सुधार नभएपछि नेता विष्टलाई थप उपचारका लागि जेठ २६ गते काठमाडौं लगिएको थियो ।


प्रकाशित : असार ६, २०७८ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?