कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

शारदा नदीको बाढीमा फसेका १२ जनाको उद्धार

विप्लव महर्जन

सल्यान — शारदा नगरपालिका–६ बरला स्थित शारदा नदीको बीचमा फसेका १२ जनालाई प्रहरी, सशस्त्र, नेपाली सेनाको टोलीले उद्धार गरेको छ । खेतमा रोपाइँ गर्न गएका उनीहरू नदीमा आएको बाढीका कारण त्यहीँ फसेका थिए ।

शारदा नदीको बाढीमा फसेका १२ जनाको उद्धार

उद्धार गरिएकामा शारदा नगरपालिका ६ बरलाका हिरालाल विक, सुशीला गिरी, काली विश्वकर्मा, गीताकुमारी गिरी, तेजबहादुर बस्नेत, सुकलाल गिरी, देवीलाल विक, मनोज विक, दीपेन्द्र विक, प्रमलाल विक, कुमार विक र छविलाल विक छन् ।

उनीहरू सबैको अवस्था सामान्य रहेको सबुज गण सल्यानका गणपति कञ्चन बस्नेतले बताए । फसेकालाई उद्धार गर्न हेलिकप्टरको माग गरे पनि मौसमी खराबीले आउन नसकेपछि नेपाली सेना, प्रहरी र सशस्त्रको टोली उद्धारमा खटिएको उनले जानकारी गराए । बस्नेतका अनुसार केही दिनअघि पनि खेत जोत्ने क्रममा शारदामा आएको बाढीका कारण उक्त स्थानमा आठ जना फसेका थिए । उनीहरूको पनि उद्धार गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले शारदा नदीलगायत सांघार खोलामा आएको बाढीले सांघार बस्ती डुबानमा परेपछि २० परिवारलाई सुरक्षित स्थानमा सारिएको र उनीहरूको पनि अवस्था सामान्य रहेको बताएका छन् । तत्काल नेपाली सेना, प्रहरी र सशस्त्रको टोली उद्धारमा खटिएकाले मानवीय क्षति हुन नपाएको उनले जानकारी गराए ।

प्रकाशित : असार ४, २०७८ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?