कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुगुमा फेरि थपियो निषेधाज्ञा

राजबहादुर शाही

मुगु — जिल्ला कोरोना संक्रमितको संख्या दिनहुँ बढेपछि फेरि १० दिनका लागि निषेधाज्ञा थपिएको छ । जिल्ला कोभिट–१९ संकट व्यवस्थापन केन्द्र तथा जिल्ला सुरक्षा समिति मुगुले जेठ २२ देखि ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको छ ।

जिल्लामा संक्रमित तीब्र रुपले बढिरहेको अवस्थामा १० दिनका लागि निषेधाज्ञा थप्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर सिवाकोटीले बताए ।

संक्रमण रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी निषेधाज्ञा थप गर्दै आएको प्रमुख जिल्ला अधिकारीले बताए । जिल्ला स्वास्थ्य सेवा कार्यालयले दिएको जानकारीअनुसार शनिबारसम्म जिल्लाभरी संक्रमितको संख्या ३ सय ६५ पुगेको छ भने १ सय ९९ जना सक्रिय संक्रमित रहेका छन् ।

अहिलेसम्म १ सय ६६ जना निको भएको २ जना संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका कोभिड–१९ खोप फोकल पर्सन दिपबहादुर रावलले बताए ।

प्रकाशित : जेष्ठ २२, २०७८ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?