कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सल्यानमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुग्यो

विप्लव महर्जन

सल्यान — जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ । शनिबार थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएपछि जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुगेक जिल्ला अस्पताल सल्यानका इन्चार्ज डा.भीमकान्त जैसीले बताए । मृतकमध्ये जिल्लाभित्रका ४८ र बाहिरका १० जना रहेका छन् । 

सल्यानमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुग्यो

इन्चार्ज जैसीका अनुसार हाल जिल्लामा कोरोना संक्रमितको संख्या र मृत्युदर पनि घट्दै गइरहेको छ ।

हालसम्म जिल्लामा कोरोनाबाट १ हजार ८ सय ४८ जना संक्रमित रहेका छन् । तीमध्ये ७ सय ७८ संक्रिय संक्रमित रहेका छन् भने ७ सय ४४ जना होम आइसोलेसनमा बस्दै आएका छन । कूल संक्रमितमध्ये १ हजार २२ निको भइसकेका छन् ।

प्रकाशित : जेष्ठ २२, २०७८ १५:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?