कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

कुरुवालाई निःशुल्क खाना

सुर्खेत — कर्णाली प्रदेश अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितका कुरुवालाई सिद्धार्थ वनस्थली इन्स्टिच्युटका पूर्वविद्यार्थीको सहयोगमा बिहानको खाना खुवाउने व्यवस्था मिलाइएको छ । कुरुवाका लागि इन्स्टिच्युटका २०४७ को एसएलसी ब्याच समूहका विद्यार्थीले दैनिक निःशुल्क खानाको व्यवस्था गरेका हुन् ।

कुरुवालाई निःशुल्क खाना

बिरामीका कुरुवालाई खाना खुवाउन पूर्वविद्यार्थीले ‘मनकारी हृदयहरूको निःस्वार्थ सहयोग’ अभियान सुरु गरेका थिए । समूहले नेपाली सेनाको नयाँ सबुज गणको सहकार्यमा मंगलबारदेखि नियमित खाना खुवाउन सुरु गरेको हो । ‘बिरामीका कुरुवाका लागि अबदेखि कम्तीमा दुई महिना निःशुल्क खाना खुवाइनेछ,’ अभियानका सदस्य एवं नयाँ सबुज गणका गणपति केशव रायमाझीले भने, ‘अर्को एक संस्थाले उनीहरूलाई साँझको खाना खुवाउने छ ।’ उनका अनुसार कुरुवाका लागि प्रत्येक दिन मास्क, सेनिटाइजर र पञ्जाको व्यवस्था गरिएको छ ।

समूहले प्रदेश अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री पनि हस्तान्तरण गरेको छ । अस्पताललाई १० थान अक्सिजन फ्लोमिटरसहित मास्क, सेनिटाइजर र पञ्जा हस्तान्तरण गरिएको नसेनाको पश्चिम एयरवेसमा कार्यरत पाइलट महासेनानी किरण थापाले बताए । उनका अनुसार देश र विदेशबाट सहयोग रकम संकलन गरी सातै प्रदेशमा कार्यक्रमलाई निरन्तरता दिइएको हो । उनी पनि सिद्धार्थ वनस्थलीको २०४७ को एसएलसी ब्याच समूहका विद्यार्थी हुन् । समूहमा ५ सय सदस्य छन् । अस्पतालमा झन्डै ५० जना कोरोना संक्रमितको उपचार भइरहेको प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले बताए ।

प्रकाशित : जेष्ठ २०, २०७८ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×