कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्पताललाई १९ लाखका सामग्री

रुकुम पश्चिम — व्यक्तिगत रूपमा स्वस्फूर्त संकलित रकमले जिल्ला अस्पताललाई विभिन्न उपकरण र स्वास्थ्य सामग्री प्रदान गरिएको छ । कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा सहयोग पुर्‍याउन भन्दै रुकुम पश्चिमका स्थायी बासिन्दाले सहयोग अभियान थालेका थिए ।

अस्पताललाई १९ लाखका सामग्री

विभिन्न मुलुकमा रहेका व्यक्ति, कर्मचारी, स्वास्थ्यकर्मी, व्यवसायीलयातयले ३ दिनको अवधिमा १८ लाख ९९ हजार रुपैयाँ संकलन गरेका हुन् । उक्त रुपैयाँको विभिन्न उपकरण खरिद गरी जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको छ । अभियानअनुसार २ सय ३९ जनाले रकम जम्मा गरेको अभियन्ता जनक खड्काले बताए । ‘कोरोना महामारीमा थोरै भए पनि सहयोग पुगोस् भनेर स्वस्फूर्त सहयोग गर्न सामाजिक सञ्जालमार्फत आह्वान गरिएको हो,’ उनले भने, ‘संकलन भएको रकमबाट खरिद गरिएको सामग्री अस्पताललाई हस्तान्तरण गरिएको छ ।’

अभियानले १८ लाख ४८ हजार रुपैयाँमा स्वास्थ्य सामग्री खरिद गरेको हो भने अन्य रकम ढुवानी र अक्सिजन रिफिलमा खर्च भएको छ । अभियानले अक्सिजन सिलिन्डर, जेनेरेटर, अक्सिमिटर, एन्टिजेन किटलगायतका १० प्रकारका स्वास्थ्य सामग्री अस्पताललाई प्रदान गरेको छ । ४० लिटरका १० वटा हाइफ्लो अक्सिजन सिलिन्डर, ३ सय थान एन्टिजेन किट र अस्पतालमा विद्युत्को अभाव हुन नदिनका लागि २० किलोवाटको जेनेरेटर खरिद गरिएको खड्काले बताए ।

उनका अनुसार बिरामीको रगतमा अक्सिजन लेबल, ब्लड प्रेसर, ज्वरोलगायत अवस्था जाँच गर्न ५ थान प्यारामिटर र ७ थान पेसेन्ट मनिटर पनि खरिद गरिएको छ । आइसोलेसन वार्डमा रहेका बिरामीको अक्सिजन लेबल जाँच्न प्रयोग हुने ठूलो वायर र मोनिटरसहितका ३ वटा ह्यान्ड हेल्ड पल्स अक्सिमिटर पनि अस्पताललाई उपलब्ध गराइएको खड्काले बताए ।

प्रकाशित : जेष्ठ १३, २०७८ १२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?