कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुगुमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

राजबहादुर शाही

मुगु — प्रतिनिधिसभा विघटनको विरोधमा गमगढी बजारमा सोमबार साँझ ७ बजेतिर तीन वटा विद्यार्थी संगठनले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन् ।

मुगुमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

नेपाल विधार्थी संघ, अखिल क्रान्तिकारी र अनेरास्ववियु विद्यार्थी संगठनले प्रतिनिधिसभा विघटनको विरुद्धमा गमगढी बजारको कृष्णचोकमा राष्ट्रपति विद्यादेवी भण्डारीको र प्रधानमन्त्री केपी शर्मा ओलीको संयुक्त पुत्ला दहन गरेका हुन् ।

राष्ट्रपति भण्डारीले जेठ ७ गते मध्यरातमा मन्त्रिपरिषदको सिफारिसमा संसद विघटन गरेकी थिइन् ।प्रतिनिधिसभा विघटन गरी मध्यवधि निर्वाचन घोषणा गरेको विरोधमा पुत्ला दहन गरिएको विद्यार्थी संगठनको भनाइ छ ।

प्रकाशित : जेष्ठ १०, २०७८ २१:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?