कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आन्दोलन

विप्लव महर्जन

सल्यान — स्वास्थ्यकर्मीले समयमै एम्बुलेन्स नपठाएका कारण बिरामीको मृत्यु भएको भन्दै बन्गाड कुपिण्डे नगरपालिका–१ सल्लीबजारमा स्थानीयले नगरपालिका प्रमुख बासुदेव पोखरेलको घर घेरा हाली आन्दोलन गरेका छन् ।

लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आन्दोलन

आफन्तले बिरामीलाई उपचारका लागि बाहिर लैजान नगरपालिका स्वास्थ्य प्रमुख पोखरेललाई फोन गरेका थिए । उनको लापरबाहीले समयमै एम्बुलेन्स नआउँदा बिरामीको मृत्यु भएको आफन्त तथा स्थानीयको आरोप छ ।

एम्बुलेन्स आउन ढिलाइ भएको र स्वास्थ्य संयोजक पोखरेललाई घरमै गएर बोलाउँदा पनि बेवास्ता गरेकाले आफन्त बन्गाड कुपिण्डे नगरपालिका–१ सल्लीबजारका ४९ वर्षीय पुरुषको बिहीबार बेलुकी मृत्यु भएको मृतकका आफन्त हेमन्त बुढाले बताए ।

बाग्चौर नगरपालिकाका स्वास्थ्य प्रमुख बासुदेव पोखरेलले भने आफूहलाई बिहीबार साढे ३ बजेतिर फोन आएको र ४ बजेतिर ल्याउँदा एम्बुलेन्स भित्रै बिरामीको मृत्यु भएको बताए । यसमा आफनो कुनै गल्ती नभएको उनले जनाए । उनका अनुसार मृतकलाई कोरानासँग मिल्जोजुल्दो लक्षण देखिएको थियो । नगरपालिका अन्तर्गत स्वास्थ्य कार्यालयले स्वास्थ्य परीक्षण गर्दा रिपोर्ट भने नेगेटिभ आएको थियो ।

यसैबीच, मृतकका आफन्तले आन्दोलन गरे पनि स्वास्थ्यकर्मी पोखरेलले गल्ती भएको स्वीकार गरेपछि आफन्तले आन्दोलन फिर्ता लिएका र शव पनि बुझेको इलाका प्रहरी कार्यालय सल्लीबजारले जनाएको छ ।

प्रकाशित : जेष्ठ ७, २०७८ १७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×