कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

रुकुम पश्चिम र डोल्पामा थपियो निषेधाज्ञा

कर्णाली — रुकुम पश्चिम र डोल्पा जिल्लामा दोस्रोपटक निषेधाज्ञा थपिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारिसमा  जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा थप गरेको हो ।

यसअघि पनि एकपटक निषेधाज्ञाको समयावधि थप गरिसकेका दुवै जिल्लाले दोस्रोपटक पनि निषेधाज्ञा बढाएका हुन् । रुकुम पश्चिममा १५ दिन निषेधाज्ञा थप भएको छ । जेठ ७ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा थप भएको हो । गत वैशाख १९ गतेदेखि वैशाख ३१ बजेसम्म पहिलोपटक निषेधाज्ञा लगाइएको थियो । फेरि जेठ १ देखि ७ गतेसम्म निषेधाज्ञाको समय थप भएको थियो । कोरोनाको संक्रमण दर नघटेको र यसको रोकथाम नियन्त्रणमा सघाउ पुर्‍याइरहेको भन्दै थप १५ दिन निषेधाज्ञा लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए ।

डोल्पामा भने ७ दिन निषेधाज्ञा थप गरिएको छ । जेठ ८ गते बिहान ४ बजेदेखि १७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले जानकारी दिए । डोल्पामा पहिलोपटक वैशाख २१ गतेदेखि ३१ गतेसम्म १० दिनको लागि निषेधाज्ञा लगाइएको थियो । त्यसपछि १ जेठबाट ७ गतेसम्म निषेधाज्ञा थप गरिएको हो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको विहीबारको बैठकले जिल्लामा जारी निषेधाज्ञा जेठ ७ गतेसम्म थप गरेको थियो । यस अवधिमा पनि संक्रमितहरु भेटिने दर नघटेको तथा थप कडाई गर्नुपर्ने निष्कर्षसहित जिल्लामा निषेधाज्ञा लम्बाइएको हो ।

प्रकाशित : जेष्ठ ६, २०७८ १८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?