कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डोल्पामा कोरोना संक्रमित महिलाको मृत्यु

हरि गौतम

रुकुम पश्चिम — डोल्पामा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । त्रिपुरासुन्दरी नगरपालिका–३ की ४५ वर्षीया एक महिलाको मंगलबार बिहान जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

डोल्पामा कोरोना संक्रमित महिलाको मृत्यु

दमकी बिरामी ती महिलाको अक्सिजनको मात्रा घट्दै गएपछि मृत्यु भएको अस्पतालका कोभिड फोकल पर्सन विधायक केसीले जानकारी दिए । ज्वरो र रुघाखोकीले च्याप्दै गएपछि उनलाई वैशाख ३१ गते जिल्ला अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याइएपछि कोरोना परीक्षण गर्दा महिलामा कोरोना पुष्टि भएको थियो ।

हाल जिल्लाभर २८ जना सक्रिय संक्रमित छन् ।

प्रकाशित : जेष्ठ ४, २०७८ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?