कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सल्यानमा थप दुई कोरोना संक्रमितको मृत्यु

विप्लव महर्जन

सल्यान — कोरोना संक्रमणबाट सल्यानमा सोमबार बेलुकी र मंगलबार बिहान गरी दुई जना महिलाको मृत्युु भएको छ । दुवैको उपचारका क्रममा जिल्ला अस्पताल सल्यानमा मृत्यु भएको हो ।

सल्यानमा थप दुई कोरोना संक्रमितको मृत्यु

मृत्यु हुनेमा शारदा नगरपालिका–२ भीमसेनस्थानकी ८२ वर्षीया त्रिवेणी गाउँपालिका–३ की ६५ वर्षीया महिला रहेका जिल्ला अस्पताल सल्यानका क्लिनिकल इन्चार्ज भीमकान्त जैसीले बताए । उनका अनुसार रुघाखोकी र ज्वरोबाट ग्रसित रहेका दुवै जनाको जिल्ला अस्पतालमा वैशाख अन्तिममा कोरोना परीक्षण गर्दा पोजेटिभ आएको थियो । कोरोना पोजेटिभ आएपछि होम आइसोलेसनमा बस्दा समस्या देखिएपछि केही दिनअघि दुवैले जिल्ला अस्पताल सल्यानमा उपचार गराइरहेका थिए ।

सोमबार बेलुकी र मंगलबार बिहान दुई महिलाको मृत्यु भएपछि जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ पुगेको स्वास्थ्य कार्यालय सल्यानका सूचना अधिकारी थलराज डिसीले बताए । जिल्लाभित्र २७ र बाहिर चार जनाको मृत्यु भएको उनले जानकारी गराए । जिल्लामा कोरोना संक्रमितको मृत्युको दर बढ्दै गएको उनको भनाइ छ ।

उनका अनुसार जिल्लामा अहिलेसम्म कोरोना संक्रमितको संख्या ९ सय ६५ पुगेको छ । जसमध्ये सक्रिय संक्रमित ५ सय ७१ र ५ सय ३४ होम आइसोलेसनमा छन् । वैशाखयता एक महिनाको अवधिमा भेटिएका संक्रमितमध्ये ३ सय ५७ निको भएर घर फर्किसकेका उनको भनाइ छ ।

प्रकाशित : जेष्ठ ४, २०७८ १३:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?