अस्पतालले भर्ना लिन नमानेपछि एम्बुलेन्समै गयो ज्यान- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्पतालले भर्ना लिन नमानेपछि एम्बुलेन्समै गयो ज्यान

विप्लव महर्जन

सल्यान — राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले बिरामीलाई भर्ना लिन नमानेपछि छत्रेश्वरी गाउँपालिका २ का ४९ वर्षीय पुरुषको एम्बुलेन्समै मृत्यु भएको छ । प्रतिष्ठानले भर्ना लिन नमानेपछि उपचारका लागि सल्यान फर्काउँदै गर्दा बाटोमै बिरामीको मृत्यु भएको हो ।

सांकेतिक तस्बिर

रुघाखोकी र ज्वरोबाट ग्रसित भएका ती पुरुषको स्वास्थ्य अवस्था जटिल भएपछि आफन्तले उपचारका लागि प्रतिष्ठान पुर्‍याएका थिए । कोरोनाका बिरामीले बेड खाली नभएको भन्दै अस्पतालले भर्ना गर्न नमानेको मृतकका आफन्तले बताएका छन् ।

‘हामीले बिरामीको भर्नाका लागि धेरै प्रयास गरेका थियौँ तर हाम्रो केही लागेन । अस्पतालले पनि भर्ना लिन मानेन,’ मृतकका एक आफन्तले भने, ‘बिरामीको अवस्था गम्भीर बन्दै गएपछि हामी आत्तियौँ र घरतिर फर्काउन बाध्य भयौँ ।’

प्रतिष्ठानले भर्ना लिन नमानेपछि आफन्तले बिरामीलाई फर्काएर छत्रेश्वरी गाउँपालिको भोटेचौरमा सञ्चालित आइसोलेसन लगेका थिए । तर त्यहाँ ल्याउँदा उनको मृत्यु भइसकेको आइसोलेसनमा कार्यरत डा. प्रोसेस सिंहले बताए । मृत्यु भएका बिरामीको स्वास्थ्य परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखिएको उनले बताए ।

प्रकाशित : वैशाख २६, २०७८ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्

बाँकेमा कोरोनाबाट थप पाँच जनाको मृत्यु

रूपा गहतराज

नेपालगन्ज — बाँकेमा कोरोना संक्रमणबाट शनिबार रातभरिमा पाँच जनाको ज्यान गएको छ । नेपालगन्ज उपमहानगरपालिका–१५ का ७३ वर्षीय पुरुष र नेपालगन्ज उपमहानगरपालिका–२ की ५३ वर्षीया महिलाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । 


यस्तै कैलालीको लम्कीचुहाका ४३ वर्षीय पुरुष, दाङको तुलसीपुर उपमहानगरपालिका–६ का ४१ वर्षीय पुरुष र नेपालगन्ज–११ का ४३ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेज नेपालगन्जमा मृत्यु भएको हो ।

बाँकेका कोरोना फोकल पर्सन तेज वलीका आनुसार यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ८० पुगेको छ । बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आएका मध्ये १ सय ३६ जनाको मृत्यु भएको छ ।


प्रकाशित : वैशाख २६, २०७८ ११:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×