कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अक्सिजन नपाउँदा सल्यानमा एक संक्रमितको मृत्यु

विप्लव महर्जन

सल्यान — अक्सिजन अभावमा सल्यानमा एक कोरोना संक्रमितको बिहीबार मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि जिल्ला अस्पताल सल्यानमा उपचारका लागि ल्याएका शारदा नगरपालिका १ श्रीनगरका ६७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

बिरामीको चाँप बढेकाले तत्काल अक्सिजन दिन नसक्दा संक्रमितको मृत्यु भएको जिल्ला अस्पताल सल्यानका प्रमुख डा. भिमकान्त जैसीले स्वीकार गरे ।

टाउको दुख्ने, ज्वरो आउने समस्याबाट प्रभावित भई होम आइसोलेसनमा बस्दै आएका उनलाई स्वासप्रस्वासमा समस्या देखिएपछि बिहीबार दिउँसो १.३० बजेतिर आफन्तले जिल्ला अस्पताल सल्यानमा ल्याएका थिए । यो सँगै जिल्लामा कोरोना संक्रमितबाट मर्नेको संख्या १२ पुगेको छ ।

प्रकाशित : वैशाख २३, २०७८ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?