कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुगुमा वैशाख ३१ सम्म निषेधाज्ञा

राजबहादुर शाही

मुगु — मुगुमा कोरोनाका संक्रमित बिरामीको संख्या वृद्धि भएपछि जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि वैशाख ३१ सम्म निषेधाज्ञा जारी गरेको छ ।

निषेधाज्ञा जारी गरेपछि गमगढी बजार क्षेत्र सुनसान बनेको छ । होटल पसल बन्द भएका छन् भने स्थानीयको आउजाउ रोकिएको छ । सरकारी तथा गैर सरकारी संस्थाका सेवा प्रवाह पनि बन्द गरिएको छ ।

जिल्ला बाहिरबाट खाद्य आपूर्ति बाहेक अन्य सवारी साधनमा रोक लगाइएको छ । स्थानी तहभित्र सञ्चालन हुने सवारी साधनमा पनि प्रशासनले प्रतिबन्ध लगाएको छ । जिल्लामा कोरोना महामारी वृद्धि हुन थालेपछि वैशाख ३१ गते राति सम्म निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था आएको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर शिवाकोटीले बताए ।

एम्बुलेन्स, खाद्य आपूर्ति, मेडिकल, सञ्चार, सेवाप्रवाहका सवारी साधनसहित खाद्य पसल खुल्ला गरिएको छ । बजार क्षेत्रमा सुरक्षाकर्मीले माइक मार्फत घरभित्र सुरक्षित बस्न उर्दि जारी गरिरहेका छन् ।

मुगुका कोरोना संक्रमितको संख्या २४ पुगेको छ ।

प्रकाशित : वैशाख २३, २०७८ १५:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?