कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सल्यानमा चोरी–सिकार बढ्दै

सल्यान — अवैध वन पैदावार ओसारपसार गरेको आरोपमा डिभिजन वन कार्यालयले बन्गाडकुपिण्डे नगरपालिका–४ सागिनेका ५३ वर्षीय दधिराम कामीलाई एक महिनाअघि पक्राउ गर्‍यो । उनी अहिले प्रहरी हिरासतमा छन् । तीन साताअघि पनि कार्यालयले चितुवाको छालासहित चार जनालाई दाङबाट पक्राउ गरेको थियो । 

पछिल्लो समय जिल्लामा वन्यजन्तु र वन पैदावारको चोरी सिकारी बढेको छ । ३ वर्षको अवधिमा वन्यजन्तु चोरी सिकारी गर्ने ३५, वन पैदावार चोरी निकासी गर्ने ४१ र वनमा आगजनी गर्ने ४ गरी ८० जनालाई पक्राउ गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । सामुदायिक वनमा पर्याप्त वन रक्षकको व्यवस्था नहुँदा र स्थानीयमा लोभलालचा हुँदा चोरी सिकारी बढेको कालीमाटी गाउँपालिका–४ दम्दवालीका नवराज सुनारले बताए ।

गाउँनजिकैको बाँके राष्ट्रिय निकुन्ज र आसपासका सामुदायिक वनमा लोपोन्मुख वन्यजन्तुको सिकार गर्ने र वन पैदावार चोरी गर्ने क्रम बढेको छ । ‘कतिपयले थाहा नपाएरै पनि वन्यजन्तु मारेर खाइरहेका छन्,’ उनले भने, ‘तर पछिल्लो समय पैसाको लोभमा समूह बनाएर चोरी सिकारी गर्ने क्रम पनि बढेको छ ।’

चोरी–सिकारका कारण सामुदायिक वनहरूमा चितुवा, ओत, कालिज, वन बिरालोलगायत जनावर देखिन छोडेको सिद्धकुमाखका नविन रोकाले बताए । चोरी निकासीकै कारण गाउँघरमा प्रयोग हुने धेरै जडीबुटी लोप हुन थालेका छन् ।

प्रकाशित : वैशाख २३, २०७८ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?