कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सल्यानमा कोरोनाले थप दुईको मृत्यु

विप्लव महर्जन

सल्यान — कोरोना संक्रमणबाट सल्यानमा मंगलबार थप दुई जनाको मृत्यु भएको छ । जिल्ला अस्पतालमा उपचार गराइरहेका बागचौर नगरपालिकाका ७० वर्षीय र जिल्ला अस्पतालबाट रिफर गरेर प्रदेश अस्पताल पठाइएका सिद्धकुमाख गाउँपालिकाका ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

सल्यानमा कोरोनाले थप दुईको मृत्यु

श्वासप्रश्वासमा समस्या भएपछि ७० वर्षका पुरुषलाई आफन्तले केही दिनअगाडि अस्पताल ल्याएका थिए भने होम आइसोलेसनमा बसेका सिद्धकुमाख गाउँपालिकाका वर्ष ३५ का पुरुषलाई सोमबार बेलुकी उपचारका लागि ल्याइएको थियो । अक्सिजनको कमीका कारण अवस्था गम्भीर भएपछि जिल्ला अस्पतालले सिद्धकुमाखका पुरुषलाई सोमबार राति नै प्रदेश अस्पताल सुर्खेतमा रिफर गरेको थियो ।

यससँग जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ जना पुगेको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ । चार जनाको जिल्ला अस्पताल, एक जनाको होम आइसोलेसन र चार जनाको नेपालगन्जमा मृत्यु भएको हो ।

पछिल्लो समय कोरोना संक्रमितहरूमा श्वासप्रश्वासमा समस्या देखिएको तर जिल्ला अस्पतालमा पर्याप्त मात्रामा अक्सिजन मौज्दात नरहेको अस्पताल प्रमुख डा. भीमकान्त जैसीले बताए । जिल्ला अस्पतालमा अहिलेसम्म आईसीयू तथा भेन्टिलेटर सञ्चालन हुन नसक्दा गम्भीर अवस्थाका बिरामीको उपचार गर्न मुस्किल रहेको उनको भनाइ छ ।

१६ शय्याको आइसोलेसन कक्षमा बिरामीको चाप बढ्दै गएको जैसीले बताए । जिल्लामा संक्रमितको संख्या तीन सय पुगिसकेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन रिखाराम पुनले जानकारी दिए ।


प्रकाशित : वैशाख २१, २०७८ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?