कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जाजरकोटमा झाडापखालाबाट दुई बालकको मृत्यु

भीमबहादुर सिंह

जाजरकोट — कुशे गाउँपालिका–८, औलरिजामा झाडापखालाले दुई बालकको मृत्यु भएको छ । पखालाका कारण औलरिजामा एक वर्षीय पुजना तिरुवा र ९ महिनाका जगत खड्काको मृत्यु भएको हो । पखाला लाग्ने, वान्ता हुने र ज्वरो आउने लगायत लक्षण देखा परेका दुवै जनालाई उपचारमा लैजाँदै गर्दा मृत्यु भएको हो ।

छोरा जगतलाई पखालाका साथै वान्ता आउन थालेपछि उपचारका लागि स्थानीय मेडिकलमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बाबु खिमबहादुर खड्काले बताए ।

झाडापखालाले गाउँमा दर्जन बढी दुधे बालक बिरामी परेको खड्काले बताए ।

बालबालिका बिरामी परेको खबर आएपछि जाजरकोट अस्पतालका डा. इन्द्र थापाको टोली औषधिसहित औलरिजा पुगेको डा. अमिन शाहले बताए । टोलीले औलरिजामा झाडापखालाका ४०/५० जना बिरामीको उपचार गरेको डा. शाहले बताए । ओलरिजाको झाडापखाला नियन्त्रणमा आएको र बिरामीको अवस्था सामान्य रहेको उनले बताए ।

प्रकाशित : वैशाख १९, २०७८ १५:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?