कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

रुकुम पश्चिम र सल्यानमा आइतबारदेखि निषेधाज्ञा

विप्लव महर्जन

सल्यान — कोरोना संक्रमितको संख्या बढेपछि रुकुम पश्चिम र सल्यानमा आइतबारदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ । प्रशासन कार्यालयले सल्यानमा १५ र रुकुम पश्चिममा १३ दिनका लागि निषेधाज्ञा जारी गरेको हो ।

रुकुम पश्चिम र सल्यानमा आइतबारदेखि निषेधाज्ञा

रुकुम पश्चिममा आइतबारदेखि आगामी ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए । संक्रमित बढ्दै गएपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला कोभिड–१९ संकट

व्यवस्थापन केन्द्रको निर्णयअनुसार निषेधाज्ञा जारी गरिएको हो । यो अवधिमा स्वास्थ्य, शान्तिसुरक्षा, विद्युत्, सञ्चार, खानेपानी, फोहरमैला, ग्यास, पेट्रोलियम पदार्थजस्ता अत्यावश्यक सेवा मात्र सञ्चालन हुनेछन् ।

तोकिएका सेवा र सवारी साधनबाहेक सबै प्रकारका सेवा, बैंक तथा वित्तीय संस्था, सवारी साधन, पसल–व्यवसाय सञ्चालन गर्न रोक लगाइएको प्रजिअ गैह्रेले बताए । पछिल्लो पटकको कोरोनाबाट मात्रै जिल्लामा १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, सल्यानमा पनि आइतबारदेखि जेठ १ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञाको क्रममा अत्यावश्यकीय सेवाबाहेक सम्पूर्ण सरकारी सेवा प्रवाह र आवतजावत बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईंले बताइन् । उनका अनुसार निषेधाज्ञाको समयमा सबै बजार क्षेत्र बन्द हुनेछन् भने सवारी साधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको छ । केन्द्रको बैठकले बिहान ६ देखि ९ बजेसम्म र बेलुकी ५ देखि ७ बजेसम्म खाद्यान्न र दैनिक उपभोग्य पसल सञ्चालन गर्ने निर्णय गरेको छ । केन्द्रको बैठकले जिल्ला बाहिर तथा भारतबाट फर्केकालाई अनिवार्य रूपमा १० दिनसम्म होम आइसोलेसनमा बस्न आग्रह गरेको छ । ‘संक्रमितको संख्या बढेपछि जिल्ला अस्पतालको आइसोलेसनमा २० बेड थप गरिएको छ,’ उनले भनिन्, ‘बाहिरबाट आएकालाई सिधै घर जान नदिन स्थानीय तहलाई क्वारेन्टाइनको व्यवस्था गर्न आग्रह गरेका छौं ।’

कोरोना संक्रमण बढेपछि जिल्लाका सबै स्थानीय तहले सरकारी सेवा बन्द गरेका छन् । सल्यानका मुख्य बजारहरू चार दिनयता बन्द छन् । अहिलेसम्म जिल्लामा १ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । संक्रमितमध्ये तीन जनाको मृत्यु भएको कोरोना नियन्त्रण फोकल पर्सन रिखाराम पुनले बताए ।

प्रकाशित : वैशाख १८, २०७८ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?