कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मापसे गरी कार्यालय आएका मालपोत प्रमुख पक्राउ

रुकुम पश्चिम — मादक पदार्थ सेवन गरी कार्यालय आएका मालपोत कार्यालयका निमित्त प्रमुख गोर्खबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार दिउँसो मादक पदार्थ सेवन गरी कार्यालय गएका उनलाई कार्यकक्षबाटै नियन्त्रणमा लिइएको हो ।

मापसे गरी कार्यालय आएका मालपोत प्रमुख पक्राउ

मादक पदार्थ सेवन गरी कार्यालय आएको र सेवाग्राहीको कामकाज वेवास्ता गरेको उजुरीका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा रक्सी खाएर कार्यकक्षमा बसेको र कामकाजमा ध्यान दिएको पाइएकाले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी प्रहरी निरीक्षक कपिल शाहीले बताए ।

उनका अनुसार प्रहरीले स्थानीय प्रशासन ऐन २०२८ को दफा ९ (१) अनुसार मालपोत प्रमुखमाथि कारबाही भएको छ । यो ऐनअनुसार मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानमा होहल्ला गर्ने तथा अशान्ति मच्चाउने व्यक्तिलाई एक हजार रुपैयाँ जरीवाना गर्ने व्यवस्था छ । खड्का यसअघि पनि पटकपटक यही कसुरमा पक्राउ परी एक हजार जरीवाना तिरेर छुटेका थिए ।

प्रकाशित : चैत्र ३०, २०७७ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?