कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

रारा निकुञ्जमा आगलागी

राजबहादुर शाही

मुगु — रारा राष्ट्रिय निकुञ्जमा आगलागी हुँदा झण्डै २ सय हेक्टर वन क्षेत्र नष्ट भएको छ । छायानाथरारा नगरपालिका–७ पिनागाउँस्थित  ऋणीमोक्ष मध्यवर्ती वन क्षेत्रबाट सोमबार फैलिएको आगोले निकुञ्जको वन क्षेत्र नष्ट गरेको हो ।

आगलागी नियन्त्रण नहुँदा क्षति अझै बढ्ने निकुञ्जले जनाएको छ । निकुञ्ज कार्यालयका अनुसार आगो नियन्त्रणमा लिन स्थानीयबासी सोमबार रातभरि वन क्षेत्रमा तैनाथ भए पनि प्रयास सफल भएन ।

संरक्षित वन क्षेत्रमा आगो लाग्दा सयौं रुखहरु नष्ट भएको निकुञ्जका निमित्त संरक्षण अधिकृत यज्ञबहादुर रोकायाले बताए । उनका अनुसार स्थानीयले आगो नियन्त्रणमा लिन नसकेपछि मंगलबार बिहानबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र निकुन्जका वन रक्षक खटाइएको छ । उनले मंगलबार दिउँसो २ बजेसम्म आगो नियन्त्रणमा नआएको जानकारी दिए । ‘नियन्त्रणको प्रयास जारी छ,’ उनले भने, ‘आगो कसरी लाग्यो भन्नेबारे पनि अनुसन्धान गरिरहेका छौं ।’

प्रकाशित : फाल्गुन १९, २०७७ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×