कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडक खन्दा खसेको ढुंगा लागेर एकको मृत्यु

हरि गौतम

रुकुम पश्चिम — सडक खन्दा खसेको ढुंगा लागेर एक जनाको मृत्यु भएको छ । बाख्रा चराउन जंगल गएका त्रिवेणी गाउँपालिका–५ का ५७ वर्षीय झुपलाल ओलीको सडक निर्माणका क्रममा खसेको ढुंगा लागेर मृत्यु भएको हो ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सेतेओढार–गलगले–तल्लाचौर सडक निर्माणको क्रममा ढुंगा खस्दा सोही वडाको खालीटोलका ओलीको शनिबार मृत्यु भएको हो । जिवाङको ढारगैरामा सडक खन्ने क्रममा माथिबाट खसेको ढुंगा बाख्रा गोठालो गएका ओलीलाई लागेको थियो ।

सडक भन्दा करिब १ सय मिटर तल रहेका ओलीको टाउकोमा ढुंगा लागेको र घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष खडकबहादुर घर्तीले जानकारी दिए । घटना स्थलमा सिम्रुतु प्रहरी चौकीको टोली पुगेको छ भने जिल्लाबाट डीएसपी ध्रुवकुमार श्रेष्ठ नेतृत्वको टोली पनि त्यसतर्फ गइरहेको छ ।

प्रकाशित : फाल्गुन १५, २०७७ २०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?