कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्णाली प्रदेश अस्पतालमा नि:शुल्क डायलसिस सेवा

ज्योति कटुवाल

वीरेन्द्रनगर (सुर्खेत) — सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालले मिर्गौलारोगीका लागि नि:शुल्क डायलसिस सेवा सुरु गरेको छ । सामाजिक विकासमन्त्री दल रावलले बुधबार उक्त सेवाको शुभारम्भ गर्दै डायलसिसका लागि विभिन्न जिल्ला धाउनुपर्ने बाध्यता हटेको बताए ।  

कर्णाली प्रदेश अस्पतालमा नि:शुल्क डायलसिस सेवा

प्रदेश अस्पतालमा अहिले २७ जना बिरामीको नि:शुल्क डायलसिस भइरहेको अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए । ‘अस्पतालमा अहिले आठवटा मेसिनले काम गरिरहेका छन्,’ उनले भने, ‘प्रदेश अस्पतालले सुरु गरेको नि:शुल्क डायलसिस सेवाबाट कर्णालीबासी र छिमेकी जिल्लाका मिर्गौलापीडिलाई राहत हुनेछ ।’

आन्तरिक व्यवस्थापनमा अस्पताल सक्षम भएपछि इमर्जेन्सी सेवा पनि नि:शुल्क गर्ने योजना अस्पतालले बनाइरहेको डा. केएन पौडेलले बताए ।

प्रदेश अस्पतालमा उपकरण र जनशक्तिको अभाव भने उस्तै छ । दरबन्दीअनुसार स्वास्थ्यकर्मी र आवश्यक स्वास्थ्य उपकरण नरहेको खड्काले बताए ।

विशेषज्ञ सेवा र सामुदायिक नर्सिङमा राखिएका जनशक्तिको समस्या बजेट संशोधन गरेरै भए पनि सम्बोधन गर्ने सामाजिक विकास मन्त्री दल रावलले बताए ।

प्रकाशित : फाल्गुन १३, २०७७ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?