कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राडीबजारमा लगाइएको निषेधाज्ञा हट्यो

हरि गौतम

रुकुम पश्चिम — आठबीसकोट नगरपालिकाको केन्द्र ९ नम्बर वडाको राडीबजारमा लगाइएको निषेधाज्ञा हटाइएको छ । जिल्ला प्रशासनले बिहीबार मध्याह्न १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा हटाएको हो । 

राडीबजारमा लगाइएको निषेधाज्ञा हट्यो

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले ६ गते बेलुकी ५ बजेबाट चार किल्ला तोकी लगाइएको निषेधाज्ञा हटाइएको जानकारी दिए ।

नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच ६ गते दिनभर झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले निषेधाज्ञा लगाएको थियो । अहिले अवस्था सामान्य रहेको भन्दै प्रशासनले निषेधाज्ञा हटाएको हो ।

प्रकाशित : माघ ८, २०७७ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?