कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छत्रेश्वरीका ६ सय किशोरीलाई आत्मरक्षा तालिम

विप्लव महर्जन

सल्यान — जिल्लाको छत्रेश्वरी गाउँपालिकाका ९ विद्यालयका ६ सय किशोरीलाई बलात्कार तथा यौनजन्य दुव्र्यवहारबाट बचाउन आत्मरक्षा तालिम दिइएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा पाँच दिनसम्म तालिम सञ्चालन गरिएको हो ।

छत्रेश्वरीका ६ सय किशोरीलाई आत्मरक्षा तालिम

जिल्लामा बलात्कार तथा यौनहिंसा बढ्दै गएकाले विद्यालयका किशोरीहरूलाई आत्मरक्षा तालिम दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर खड्काले बताए । उनका अनुसार तालिमले किशोरीहरूलाई यौन दुव्र्यवहारबाट कसरी बच्ने भन्ने ज्ञान दिएको छ ।

जिल्लामा पहिलो पटक सञ्चालित तालिममा सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा तथा विभिन्न स्थानमा एक्लै हिँडडुल गर्दा कसैले जबरजस्ती गर्न खोजे त्यसबाट बच्ने तरिकाहरू सिकाइएको युथ अफ तुलसीपुरका सल्लाहकार अरुण लहरेले बताए । ‘पछिल्लो समय किशोरीहरू साथीभाइ, आफन्त, छिमेकी र नातेदारबाट बलात्कारको सिकार भइरहेकाले उनीहरूको सुरक्षाका लागि अभियानका रूपमा आत्मसुरक्षा तालिम सञ्चालन गरिएको हो,’ उनले भने ।

शारदा मावि शंखमूलमा कक्षा ११ मा अध्ययनरत भगवती रानाले तालिममा यौनजन्य दुव्र्यवहारबाट कसरी जोगिने भन्ने सिकेको बताइन् ।

प्रकाशित : पुस २४, २०७७ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?