कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भेरीमा बेपत्ता बालिका ३ दिनपछि मृत भेटिइन्

विप्लव महर्जन

सल्यान — भेरी नदीले बगाएर बेपत्ता भएकी बन्गाड कुपिण्डे नगरपालिका–१ घाटगाउँकी १० वर्षीया लक्ष्मी विक मृत अवस्थामा भेटिएकी छिन् । उनको शव सुर्खेत गुर्भाकोट नगरपालिका–९ बोटेचौर नजिकै भेरी नदीको किनारमा भेटिएको प्रहरीले जनाएको छ । 

आइतबार बेलुकी घर नजिकैको भेरी नदीमा पानी लिन गएकी उनलाई नदीले बगाएको थियो । भेरी नदीमा पानीको सतह बढेको र पानी धमिलो भएपछि प्रहरी र आफन्तले खोजी कार्य गर्दै आएका थिए ।

भेरीले बगाउँदा मृत्यु भएकी विकको शवको सुर्खेतको मेहलकुना अस्पतालमा पोस्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रनाउ ढकेन्द्र खतिवडाले जानकारी गराए । गाउँ नजिकै पानीको मुहान नभएको र खानेपानी योजनाको लागि सम्बन्धित निकायले कुनै चासो नदेखाएपछि स्थानीयले ज्यान जोखिममा पारेर भेरी नदीको पानी ल्याएर खान बाध्य हुँदै आएका छन् ।

प्रकाशित : जेष्ठ ७, २०७७ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?