कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

कोइली खोलाले बगाउँदा एकको मृत्यु

कपिलवस्तु — वाणगङ्गा नगरपालिका–७ मा कोइली खोलाले बगाउँदा एकको मृत्यु भएको छ । दाउरा संकलन गर्ने क्रममा कोइली खोलाले बगाएर एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

कोइली खोलाले बगाउँदा एकको मृत्यु

सुकुम्बासी टोलका स्थानीय ४० वर्षीय लौटन थारुलाई आइतबार बिहान ७ बजे दाउरा सङ्कलन गर्ने क्रममा कोइली खोलामा आएको बाढीले बगाएको हो । लौटनलाई बाढीले बगाएर मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपालजङग रायमाझीले बताए ।

लौटनको शव बगाएको ठाउँबाट दुई किलोमिटरको तल फेला परेको रायमाझीले जानकारी दिए ।


प्रकाशित : वैशाख ३०, २०८१ १४:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×