कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

नौबस्ता क्षेत्रीय कारागारमा बाल सुधार गृह सञ्चालनमा 

रुपा गहतराज

बाँके — बाँकेको नौबस्तामा निर्माण गरिएको क्षेत्रीय कारागार सञ्चालनमा आएको छ ।  नौबस्तास्थित क्षेत्रीय कारागार सञ्चालन गरिए पनि चार वटा ब्लक रहेको क्षेत्रीय कारागारको एउटा ब्लकमा बाल सुधार गृह सञ्चालन गरिएको हो । 

नौबस्ता क्षेत्रीय कारागारमा बाल सुधार गृह सञ्चालनमा 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको केन्द्रीय बाल न्याय समितिले सुधार गृह सञ्चालनमा ल्याएको हो । पहिलो चरणमा रुपन्देहीको भैरहवाबाट १३ हेटौडाबाट १८ ,पर्साबाट १५ जना गरी बालसुधार गृहबाट १८ वर्षमाथिका अहिले ४६ जना बालबन्दीलाई ल्याइएको बाकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।

पोखरेलका अनुसार बाँकेको डुडुवा गाउँपालिका–६, आसमानपुरस्थित जयेन्दु बाल सुधारगृहभित्र रहेका १८ वर्षमाथिका बाल बिज्याइँकर्तालाई नौबस्तामा राख्न कारागार विभागबाट अनुमति मागिएको छ । ‘बालसुधार गृहमा रहेका १८ वर्षमाथिका ७२ जनालाई क्षेत्रीय कारागारमा बनाइएको बाल सुधार गृहमा सार्ने तयारी गरेका छौँ,’उनले भने ।

बाँकेको डुडुवामा रहेको बाल सुधार गृहमा असोज ४ गते राति बालबन्दीका बीचमा आपसमा झडप हुँदा एक जनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए । चार जना भागेकोमा तीन जना अझै सम्पर्कमा आएका छैनन् । त्यहाँ १८ वर्षमाथिका १ सय ६५ जना छन् ।

१८ वर्षभन्दा मुनिका बालक तथा किशोरलाई बाल सुधार गृहमा राख्ने भनिए पनि १८ वर्ष नपुग्दै अपराध गरेका र तोकिएको सजाय काट्दा बढी उमेर भएका बालबन्दीलाई पनि एकै ठाउँमा राखिएको थियो। बाल सुधार गृह सञ्चालनका लागि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले नासु स्तरको कर्मचारी खटाएको छ ।

बाल सुधार गृह सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ भइसकेका छन्। नेपाल प्रहरीले प्रहरी नायब निरीक्षकको कमान्डमा २५ जना र सशस्त्र प्रहरीले प्रहरी निरीक्षकको कमान्डमा ३० जना प्रहरीलाई नौबस्तामा राखेको छ।

देशभरकै कारागारमा कैदी बन्दीको संख्या बढी भएपछि सरकारले नौबस्तामा क्षेत्रीय कारागार बनाएको थियो । नौ बिघा क्षेत्रफलमा रहेको नौबस्ता क्षेत्रीय कारागार तीन हजार क्षमताको छ ।

प्रकाशित : आश्विन ३०, २०८० १४:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?