३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

एमाले रुपन्देहीको अधिवेशन सर्‍यो 

घनश्याम गौतम

बुटवल — नेकपा एमाले रुपन्देहीको जिल्ला अधिवेशन सरेको छ । जेठ १६ र १७गतेका लागि तय भएको जिल्ला अधिवेशनका लागि प्रमुख अतिथि पार्टी अध्यक्ष केपी शर्मा ओलीको समय नमिलेपछि आगामी जेठ २३ र २४ गते गर्ने गरी सारिएको हो । 

एमाले रुपन्देहीको अधिवेशन सर्‍यो 

एमाले प्रचार विभाग प्रमुख हितराज पन्थीले अध्यक्ष केपी ओलीको समय नमिलेपछि निर्धारित समय हेरफेर गरिएको बताए । ‘अध्यक्ष केपी ओलीको अर्को कार्यक्रम जुधेपछि अधिवेशन तयारीका सबै कार्यक्रमको मिति केही सरेको छ,’ उनले भने, ‘प्रतिनिधि छनोट पनि पछि धकेलिएको छ ।’

एमाले रुपन्देहीका अध्यक्षका लागि वर्तमान अध्यक्ष तेजेन्द्र केसी, सचिव यज्ञ गैरे, उपसचिहरु चित्रबहादुर कार्की र हितराज पन्थीले दाबी गर्दै आएका छन् । चारै जनाले नेतृत्वमा पुग्नका लागि प्रचारप्रसार र तयारी तीव्र पारिरहेका छन् ।

त्यस्तै सचिव र उपसचिवका लागि पनि एक दर्जनभन्दा बढीले दाबी गर्दै आएका छन् । एमालेका केन्द्रीय उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा, पोलिटब्युरो सदस्य लीला गिरी सहितको गृह जिल्ला भएकाले पनि रुपन्देहीको पार्टी नेतृत्व छनोटमा चासो र चर्चा बढ्दो छ ।

प्रकाशित : जेष्ठ २, २०८१ १७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?