कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०९

रुपन्देहीमा एक वर्षमा ६६ हजार केजी ब्रोइलर कुखुरा नष्ट

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीमा एक वर्षको अवधिमा खान अयोग्य ६६ हजार किलो ब्रोइलर कुखुरा नष्ट गरिएको छ । पशु क्वारेन्टाइन कार्यालय भैरहवाले आर्थिक वर्ष २०७९/८० मा ६६ हजार २ सय एक केजी ब्रोइलर कुखुरा नष्ट गरेको जनाएको छ ।

रुपन्देहीमा एक वर्षमा ६६ हजार केजी ब्रोइलर कुखुरा नष्ट

साथै यस अवधिमा २१ हजार ८ सय ६५ वटा ब्रोइलर कुखुराको चल्ला नष्ट गरिएको पशु क्वारेन्टाइन कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख डा.भक्त निउरेका अनुसार कार्यालय अन्तर्गत बेलहिया, कृष्णनगर र महेशपुरमा पशु क्वारेन्टाइन चेकपोस्ट रहेकोमा ती पोस्टअन्तर्गत एक वर्षको अवधिमा २२ हजार ८७ वटा कुखुरा नष्ट गरिएको हो ।

नष्ट गरिएको कुखुराको संख्या विगतको वर्षभन्दा अहिले ३ गुणा बढी हो । जसअन्तर्गत सबैभन्दा बढी बेलहिया पोस्टबाट ११ हजार ५ सय १४ वटा ब्रोइलर कुखुरा नष्ट गरिएको छ । त्यस्तै कृष्णनगरले १ हजार ६ सय ९ र महेशपुरले ८ हजार ९ सय ६४ वटा ब्रोइलर कुखुरा नष्ट गरेको बताए ।

आर्थिक वर्ष २०७८/७९ मा १९ हजार ८ सय ४२ किलो कुखुरा नष्ट गरिएकोमा अहिले यो संख्या ३ गुणाले बढेर ६६ हजार २ सय १ किलो पुगेको छ । आर्थिक वर्ष २०७८/७९ मा ४५ हजार १ सय ४० वटा चल्ला, ७ सय ६० केजी कुखुराको मासु, २ हजार ६ सय ४० वटा सेतो अण्डा नष्ट गरिएको उनले जानकारी दिए ।

कार्यालयले सीमा क्षेत्रमा अनधिकृत रुपमा खोलिएको ८ वटा ब्रोइलर फार्म पनि बन्द गरिएको जनाएको छ । यस्तै अवैध कुखुरा ओसारपसारमा संलग्न व्यक्तिबाट ७ लाख २३ हजार दण्ड जरिवाना गरिएको बताइएको छ ।

प्रकाशित : भाद्र १, २०८० १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?