२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

सिसवाका आगलागी पीडितलाई खाद्यान्न र लत्ताकपडा वितरण

मनोज पौडेल

कपिलवस्तु — विजयनगर गाउँपालिका–५, सिसवाका आगलागी पीडितलाई खाद्यान्न र लत्ताकपडा वितरण गरिएको छ । बिहीबार दिउँसो ११ बजेबाट आगलागी हुँदा ७ घर, ११ गोठ र ५ भान्सा जलेर नष्ट भएको थियो । २ वटा पक्की घरमा क्षति पुर्‍याएको थियो ।

सिसवाका आगलागी पीडितलाई खाद्यान्न र लत्ताकपडा वितरण

जिल्ला प्रशासन कार्यालयले समन्वय गरेर रेडक्रस सोसाइटी शाखा र विजयनगर गाउँपालिकाले तत्कालै राहत प्रदान गरेका छन् । रेडक्रसले आगलागि पीडित २५ का लागि त्रिपाल एक थान, ब्लयांककेट दुई थान, कपडा र भाँडाकुँडा सेट एक/एक थान वितरण गरेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए ।

त्यस्तै, विजयनगर गाउँपालिकाले बढी क्षति भएका ९ घरमा ५ हजार बराबरको खाद्य सामग्री प्रदान गरेको छ । यसले उनीहरुलाई साँझ बिहानको छाक टार्न सहज भएको वार्ड अध्यक्ष अनवर मुसलमानले बताए । स्थानीय कुसुम पासीको घरबाट सुरु भएको आगलागीबाट एक करोडभन्दा बढीको क्षति भएको उनले बताए । शिवराज र कृष्णनगर नगरपालिका, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा तीन घन्टापछि आगो नियन्त्रण आएको थियो ।

प्रकाशित : वैशाख ९, २०८० १३:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?