२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४३

तनहुँमा जन्ती बोकेको जिप दुर्घटना : २ जनाको मृत्यु, १६ घाइते   

सम्झना रसाइली

तनहुँ — तनहुँको आँबुखैरेनी गाउँपालिका-१ गिरौनचोरस्थित भित्री सडकखण्डमा सोमबार बिहान जन्ती बोकेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बरादी-हिलेखर्कस्थित भित्री सडकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा आबुखैरेनी-६ छापस्वाराका ७२ वर्षीय आसबिर गुरुङको घटनास्थलमा र ब्यास नगरपालिका-९ गजौडेका १७ वर्षीय तुलसी गुरुङको चितवनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

अनियन्त्रित भई जिप सडकबाट करिब ५ सय मिटर तल खसेको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । उनीहरुको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : फाल्गुन ७, २०८० ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?