कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

तनहुँ-१ उपनिर्वाचन : मतगणनास्थलमा सीसीटीभी जडान

सम्झना रसाइली

तनहुँ — तनहुँ–१ उपनिर्वाचनका लागि मतगणनास्थल तयार भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समितिको भवनमा मतगणनास्थल निर्माण गरेको सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले बताए ।

तनहुँ-१ उपनिर्वाचन : मतगणनास्थलमा सीसीटीभी जडान

उनले भने, ‘मतगणनालाई निष्पक्ष र विश्वसनीय बनाउन मतगणनास्थलमा सीसीटीभी जडान गरिएको छ । दुईवटा कोठामा मतगणना गरिनेछ । मतगणनास्थलमा तारजालीको व्यवस्था पनि गरिसकिएको छ ।’

निर्वाचन आयोगले दिएको निर्देशनबमोजिम सुरक्षितरुपमा मतगणनाका लागि स्थल तयार पारिएको उनले बताए । ‘सबैलाई चित्तबुझ्दो गर्ने गरी भरपर्दो, सुरक्षित बनाउन आयोगले दिएको निर्देशनबमोजिम मतगणनास्थल बनाउँछौं,’ उनले भने, ‘आइतबार मतदान सकिएपछि सुरक्षितरुपमा सबै मतदान केन्द्रबाट मतपेटिका दमौली ल्याइनेछ । मतपेटिका ल्याइसकेपछि सर्वदलीय बैठकपश्चात् मतगणना सुरु गरिनेछ ।’

प्रकाशित : वैशाख ९, २०८० २०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×