कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

गोरखामा मिनी ट्रक दुर्घटना हुँदा दुईको मृत्यु, चार जना घाइते

हरिराम उप्रेती

गोरखा — आरुघाटबाट माछाखोलातिर जाँदै गरेको मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

ट्रकमा सवार अन्दाजी २१ वर्षीय र २४ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताए । मृतकको सनाखत हुन बाँकी छ ।

घाइतेमध्ये धार्चे गाउँपालिका–३ का आशमान गुरुङलाई उद्धार गरी उपचारका लागि आरुघाट प्राथमिक स्वास्थ्य केन्द्र पठाएको प्रहरीले जनाएको छ । अन्य तीन जना घाइतेको माछाखोलाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको डिएसपी दाहालले बताए ।

आरुघाटबाट निर्माण सामाग्री बोकेको ट्रक माछाखोलाबाट एक किलोमिटर वरै सडकबाट करिब एक सय मिटर तल खसेर दुर्घटनमा परेको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय आरुघाटबाट थप प्रहरी परिचालन गरिएको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित : पुस १६, २०७८ १३:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×