कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

माओवादी केन्द्र गण्डकीको अध्यक्षमा गुरुङ

प्रतीक्षा काफ्ले

कास्की — नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशको अध्यक्षमा गायत्री गुरुङ निर्वाचित भएकी छन् । सोमबार बिहान गुरुङलाई अध्यक्ष सर्वसवम्मत रुपमा चयन गरेको हो ।

माओवादी केन्द्र गण्डकीको अध्यक्षमा गुरुङ

शनिबारदेखि पोखरामा जारी अधिवेशनले २८ सदस्य पछि थप्ने गरी २२९ सदस्यीय कमिटि चयन गरिएको माओवादी केन्द्रका नेता हितराज पाण्डेले जानकारी दिए ।अध्यक्ष पदका लागि आकांक्षी बढी नै देखिएपछि प्रदेश सदस्य निर्वाचित गर्दै पहिलो बैठकमा गुरुङलाई अध्यक्ष प्रस्ताव गरी निर्वाचित गरिएको उनले बताए । प्रदेश कमिटी उपाध्यक्ष, सचिव सहितका ८ पदाधिकारी आगामी बैठकमा सल्लाह गरेर निर्वाचित सदस्यबाट चयन गरिने बताइएको छ ।

प्रथम प्रदेश अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्लाका पालिकाबाट ६ सय, मनोनित ६०, आयोजक ९६, जेष्ठ कम्युनिष्ट मञ्चका ४३ र प्रदेश सल्लाहकार गरी ८ सय ४६ जना प्रतिनिधि सहभागी थिए ।


अध्यक्षमा निर्वाचित गुरुङले पार्टी र प्रदेशको आवश्यकतालाई मध्यनजर गर्दै पार्टीको उचाई बढाउने बताइन् । उनले सबैलाई मिलाएर लैजाने र माओवादी पार्टीलाई नमुना बनाउने उद्घोष गरिन् । तीन दिनदेखि चलेको अधिवेशनमा एक गैरभौगोलिक शाखासहित एक महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिका सबै पालिका अधिवेशन सम्पन्न भइसकेका छन् ।

प्रकाशित : मंसिर २७, २०७८ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?