कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कास्कीमा बस दुर्घटना, ६ घाइते

पोखरा — सुनौलीबाट म्याग्दीका लागि छुटेको यात्रुवाहक बस मंगलबार बिहान कास्कीमा दुर्घटना हुँदा ६ जना यात्रु घाइते भएका छन् । एक जनाको अवस्था चिन्ताजनक छ । ५ जनाको उद्धार गरी पोखराका अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । 

कास्कीमा बस दुर्घटना, ६ घाइते

लु१ख ७७६८ नम्बरको बस कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउदुरमा बिहान ६ ब जेर५० मिनेटमा सडकबाट अन्दाजी ३० मिटर तल खसेको कास्की प्रहरीका प्रवक्ता डीएसपी सुन्दर तिवारीले बताए ।

उनका अनुसार एकजना यात्रु बसले किचिएको अवस्थामा रहेका छन । तत्कालै हेभी इक्विपमेन्ट नभएकाले अहिले उनलाई जमिन खनेर निकाल्ने प्रयास भइरहेको छ । बसले किचिएका व्यक्तिको अवस्था क्षतविक्षत रहेकाले जीवितै उद्धार गर्न सकिने अवस्था नरहेको उनले बताए ।

प्रकाशित : मंसिर १४, २०७८ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?