कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

म्याग्दीमा जीप दुर्घटना हुँदा एकको मृत्यु, ४ जना घाइते

घनश्याम खड्का

म्याग्दी — सदरमुकाम बेनीबाट गाउँ फर्कँदै गरेको ग १ ज ७२५१ नम्बरको जीप रघुगंगा गाउँपालिका–१ बेगको घाप्पामा दुर्घटनामा हुँदा एक जना यात्रुको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा परेर रघुगंगा गाउँपालिका–१ बेगका खिमनाथ शर्माको घटनास्थलमै मृत्यु भएको रेडक्रस बेग उपशाखा सविच खिमबहादुर फगमीले बताए ।

दुर्घटनामा चार जना घाइते भएका छन् । जीप सडकदेखि तल रहेको जंगलमा खसेकोले अन्य यात्रुको खोजी भइरहेको छ ।

‘एक जनाको घटनास्थलमै मृत्यु भएको छ । चार जना घाइतेको उद्धारका लागि बेनीबाट रेडक्रसको एम्बुलेन्स झिकाएका छौं । जीपमा ८ जना यात्रु चढेको भन्ने खबर अनुसार दुर्घटनास्थलमा अन्य यात्रुको खोजी भइरहेको छ,’फगामीले भने, ‘उकालो सडकबाट जीप भिरालो जंगलमा खसेको छ । घाइतेलाई सरदमुकाम पठाउने र स्थानीयको सहयोगमा अन्य यात्रु खोजी भइरहेको छ ।’

प्रकाशित : मंसिर १३, २०७८ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?