कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस अधिवेशन : दोस्रोपटक बराबर मत आएपछि गोला तानेर निर्णय गरिँदै

नारायण शर्मा

पूर्वी नवलपरासी — चार दिनअघि मतगणनामा बराबरी भएको नेपाली कांग्रेस क्षेत्र नं २ को सभापतिको मत शनिबार गणना गर्दा फेरि पनि बराबर भएको छ ।

कांग्रेस अधिवेशन : दोस्रोपटक बराबर मत आएपछि गोला तानेर निर्णय गरिँदै

निर्वाचन अधिकृत चुडामणि कंडेलले शनिबार गरिएको दोश्रो मतगणनामा पनि क्षेत्रीय सभापतिका उम्मेदवार सूर्य गुरुङ र जगत कार्कीले बराबर ३९४ मत पाएका हुन् ।

गत बुधबार गणना गर्दा मत बराबरी भएपछि शनिबार कावासोती पार्टी कार्यालयमा पुन: गणना भएको हो । गत बुधबार बिहान ५ बजे क्षेत्रीय सभापतिका दुई उम्मेदवारको मत बराबरी भएपछि दुवै उम्मेदवारले पुनः गणनाको माग गर्दै गोला तान्न अस्वीकार गरेका थिए ।

शनिबार दोस्रो पटक पनि बराबर मत आएपछि अब गोला तानेर निर्णय लिइने बताइएको छ । तर गोला तान्नका लागि उपयुक्त समय चयन गर्न भन्दै शनिबार दिउँसो दुवै उम्मेदवार आआफ्ना ज्योतिषिकहाँ पुगेका छन् । कार्की कांग्रेस सभापति शेरबहादुर देउवा पक्षबाट र गुरुङ वरिष्ठ नेता पौडेल पक्षबाट उम्मेदबार बनेका हुन् ।

प्रकाशित : मंसिर ११, २०७८ १७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?