कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

कांग्रेस लमजुङ प्रदेश ‘क’ को सभापतिमा संस्थापन पक्षका गुरुङ विजयी

आश गुरुङ

लमजुङ — कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत लमजुङ प्रदेश ‘क’ को निर्वाचनमा संस्थापन पक्ष तथा पार्टी सभापति शेरबहादुर देउवा निकट मानिएका दरजंग गुरुङ सभापतिमा निर्वाचित भएका छन् ।

कांग्रेस लमजुङ प्रदेश ‘क’ को सभापतिमा संस्थापन पक्षका गुरुङ विजयी

सभापतिमा निर्वाचित गुरुङ दोर्दी गाउँपालिका १ का वडाध्यक्षसमेत हुन् । पदाधिकारी सबैमा संस्थापन पक्ष विजयी भएका छन् । शनिबार साँझ सम्पन्न मतगणनाको मतपरिणाम अनुसार संस्थापन इतर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष मानिएका विजय गुरुङ ४० मतले पराजित भएका छन् । सभापतिमा विजयी दरजंग गुरुङले ३ सय २८ मत प्राप्त गरेका छन् भने प्रतिद्धन्द्धी विजय गुरुङले २ सय ८८ मत प्राप्त गरे ।

उपसभापतिमा संस्थापन पक्ष मानिएका धनप्रसाद गुरुङ ३ सय २३ मत र मंगामाया गुरुङ ३ सय १३ मतका साथ विजयी भएका छन् । प्रतिद्धन्द्धी गोविन्द दवाडीले २ सय ५९ मत र डीलप्रसाद अधिकारीले २ सय ६५ मत ल्याएका छन् । सचिवमा संस्थापन पक्षकै टेकेन्द्रनाथ चिलुवाल ३ सय ३३ मत र बिमल पौडेल ३ सय १ मतका साथ विजयी भएका छन् । प्रतिद्धन्द्धी पशुपति अधिकारीले २ सय ६० र योगेश्वर घिमिरे (योगेश) ले २ सय ४२ मत ल्याएका छन् ।

सहसचिवमा संस्थापन पक्षकै ऋषिराज दवाडीले ३ सय ३९ मत र राजन दवाडीले २ सय ८३ मत ल्याएर निर्वाचित भएका छन् । प्रतिद्धन्द्धी दीपेन्द्र चिलुवालले २ सय ४१ र भारती गुरुङले २ सय ७० मत प्राप्त गरेका छन् । अन्यको मतगणना जारी रहेको मतदान अधिकृत यज्ञराज घिमिरेले बताए । शुक्रबार भएको निर्वाचनमा प्रदेश ‘क’ मा कूल ६ सय ६७ जना प्रतिनिधिमध्ये ६ सय ४४ जनाले मतदान गरेका थिए ।

प्रकाशित : मंसिर ४, २०७८ २०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?

×