प्रधानन्यायाधीशको राजीनामा माग्दै गोरखामा कानुन व्यवसायीको धर्ना

हरिराम उप्रेती

गोरखा — प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै सदरमुकामस्थित जिल्ला अदालतको प्रवेशद्वार अगाडि आइतबार कानुन व्यवसायीहरुले धर्ना दिएका छन् ।

प्रधानन्यायाधीशको राजीनामा माग्दै गोरखामा कानुन व्यवसायीको धर्ना

धर्नामा सहभागी कानुन व्यवसयीले हातमा कालो पट्टी बाँधेका थिए ।

न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने विवादित प्रधानन्याधीशको राजीनामा माग गर्दै कालोपट्टी बाँधेर नेपाल बार एसोसियसनले बिहान १० वजेबाट एक घन्टा धर्ना दिएको थियो ।

न्यायपालिकाको विकृति, विसंगति र भ्रष्टचारविरुद्धको नेपाल बारको अभियान अन्तर्गत धर्ना दिएको नेपाल बार एसोसियसनका गोरखाका अध्यक्ष यादव शर्माले बताए ।

प्रकाशित : कार्तिक २८, २०७८ १३:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?