कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०

कास्की बारमा सर्वसम्मत नेतृत्व

कान्तिपुर संवाददाता

पोखरा — कास्की जिल्ला अदालत बार एसोसिएसनमा नारायणप्रसाद शर्माको अध्यक्षतामा सर्वसम्मत समिति निर्वाचित हुने भएको छ ।

बार इकाइको १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचनका लागि आइतबार १३ जनाको मात्रै उम्मेदवारी परेको हो ।

अध्यक्षमा शर्मा, उपाध्यक्षमा लिलावती न्यौपाने, सचिवमा युवराज पराजुली, सहसचिवमा सीता भट्टराई, कोषाध्यक्षमा भूपराज पोखरेल, सदस्यमा कुन्जनी परियार प्यासी, बिनाका शर्मा, सुष्मा ओझा, दधिराम पौडेल, दीपा कोइराला, विमलप्रसाद लामिछाने, रुद्रलाल कुँवर र कल्याणी अधिकारी सर्वसम्मत निर्वाचित हुने भएका छन् ।

इकाइको निर्वाचन र पदस्थापन भने मंगलबार हुने छ ।

प्रकाशित : कार्तिक १५, २०७८ १७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×