कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्वाचित वडाध्यक्षद्वारा एमाले परित्याग 

कान्तिपुर संवाददाता

लमजुङ — नेकपा एमालेबाट निर्वाचित बेंसीसहर नगरपालिका–६ का वडाध्यक्ष भोजबहादुर रिमालले पार्टी परित्याग गरेका छन् ।

एमाले जिल्ला कमिटी सदस्यसमेत रहेका उनले मंगलबार मध्यरात राजीनामा पत्र लेखेर पार्टीको साधारण सदस्यसमेत नरहेको जानकारी सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएका हुन् । उनले आफ्नो राजीनामा पत्र पार्टी कार्यालयमा बुझाइ सकेको बताए ।

पार्टीको बेंसीसहर नगर कमिटी अध्यक्षको दाबी गर्दै आएका रिमाललाई पार्टीले अध्यक्ष बन्न नदिएको भन्दै राजीनामा दिएका हुन् । उनले आफू चुनावी प्रक्रियामा जान तयार रहेको बताए पनि पार्टी नेतृत्वले चुनावी प्रक्रिया नै नगराई अध्यक्ष छानेको आरोप लगाएका छन् । पार्टी नेतृत्वले यसअघिका अध्यक्ष राजकुमार विष्टलाई अध्यक्ष बनाएको र पार्टीका सबै नेता उनको पक्षमा लागेको भन्दै रिमालले पार्टी नै सामन्तवादी भएको टिप्पणी गरेका छन् ।

उनले राजीनामा पत्रमा लेखेका छन्, ‘एमालेको नगर अधिवेशनमा उपस्थिति प्रतिनिधिको भावनाविपरीत, उम्मेदवारको सहमति बेगर, नेताको ठाडो निर्देशनअनुसार नगर कमिटीको अध्यक्ष तोक्ने जुन प्रवृत्ति भयो, त्यसले नेकपा (एमाले) सामन्तवादी प्रवृत्तिको पार्टी रहेछ भन्ने बुझेकोले आजको मितिबाट नै एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषण गर्दछु ।’

प्रकाशित : कार्तिक ११, २०७८ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?