कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमाले पालिका अधिवेशन : पर्वतमा कतै स्थगित, कतै सुरु नै भएन

अगन्धर तिवारी

पर्वत — नेकपा एमालेको पालिकास्तरीय अधिवेशन पर्वतमा धेरै प्रत्यासी देखिएपछि अधिवेशन स्थगित भएको छ । दुई नगरपालिका र पाँच गाउँपालिका रहेको पर्वतका सबैजसो पालिकामा अध्यक्षका प्रत्यासी धेरै देखिएपछि चार पालिकामा अधिवेशन बन्द सत्रअघि रोकिएको हो ।

एमाले पालिका अधिवेशन : पर्वतमा कतै स्थगित, कतै सुरु नै भएन


अधिवेशन सुरु भएका पालिकाहरूमा मंगलबार अबेरसम्म बन्दसत्र समेत सुरु हुन सकेको छैन । कुश्मा नगरपालिकासहित मोदी गाउँपालिका, महाशिला गाउँपालिका र बिहादी गाउँपालिकामा अधिवेशन सुरु भएको छैन । सुरु भएको भनिएको फलेबास नगरपालिका, जलजला गाउँपालिका र पैयुं गाउँपालिकामासमेत अधिवेशन सम्पन्न हुन सकेको छैन । एमाले पर्वतका उपसचिव गोबिन्द पहाडीका अनुसार अधिवेशन सुरु भएका तीन पालिकामा बन्दसत्र सुरु भएको छ ।

मंगलबार साँझ ७ बजे कान्तिपुरसितको सम्पर्कमा उपसचिव पहाडीले भने, ‘तीनवटै पालिकामा भर्खरै उद्घाटन सकिएर बन्दसत्र सुरु भएको छ । आकांक्षीहरु धेरै भएकोले केही ढिलाइ भएको हो ।’

उनले अरु चार पालिकामा तयारी नपुगेका कारण अधिवेशन सम्पन्न हुन सकेन । महाशिलाका ६, कुश्मा र फलेबासका दुई–दुई २, मोदी र बिहादीका एक–एक वडाको समेत अधिवेशन भएको छैन । उपसचिव पहाडीले वडाको अधिवेशन नभए पनि कार्यविधि अनुरुप नगरमा मतदान गर्ने प्रतिनिधि छनोट भइसकेका कारण पालिकाको अधिवेशन रोकिँदैन । तयारी नपुगेका पालिकाहरुको यही १५ गते अधिवेशन हुने उनले बताए ।

एमालेकै एक नेताका अनुसार तत्कालीन नेपाल पक्षमा लागेका केही नेताहरुका कारण केही वडा र पालिकाको अधिवेशन समयमा सम्पन्न हुन नसकेको हो । यसअघिको अधिवेशनमा नेपाल समूहबाट जिल्ला अध्यक्षमा लडेका महाशिला अध्यक्ष राजुप्रसाद पौडेलको पालिकाका कुनै पनि वडामा अधिवेशन हुन सकेको छैन । तत्कालीन समय नेपाल समूहमा लागेर नेपालले समाजवादी पार्टी गठन गरेपछि एमालेमै फर्किएका केही नेताहरुको असन्तुष्टिका कारण जिल्लाको सबै पालिकामा अधिवेशन हुन नसककेको एमालेका एक नेताले बताए ।

प्रकाशित : कार्तिक ९, २०७८ २०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?