कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मानव बेचबिखनको अभियोगमा दुई पक्राउ

रासस

काठमाडौँ — मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको अभियोगमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।


पोखराको लेकसाइडस्थित होटल ड्रिमल्याण्डमा महिलालाई काममा लगाइदिन्छु भन्दै प्रलोभन तथा डरत्रास देखाई यौन शोषण गर्न लगाउने गरेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पोखरा–१७ बिरौटा बस्ने ४२ वर्षीय सुरेश तामाङ र बारा कोल्बी नगरपालिका १ कोल्बीका २६ वर्षीय ऋषि भट्टलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

उनीहरू दुवैलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिन म्याद थप अनुमति लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : कार्तिक ८, २०७८ २१:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?