कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गठबन्धन धेरै टिक्दैन, सफल हुन दिँदैनौं : पोखरेल

कान्तिपुर संवाददाता

पोखरा — एमाले महासचिव ईश्वर पोखरेलले अहिलेको सत्ता गठबन्धन एमालेले गरेका राम्रा काम रोक्ने उद्देश्यले बनेको बताएका छन् । यस्तो गठबन्धन धेरै नटिक्ने र छिट्टै चकनाचुर हुने उनले दाबी गरे । 

गठबन्धन धेरै टिक्दैन, सफल हुन दिँदैनौं : पोखरेल

‘एमालेले गरेका राम्रा कामविरुद्ध गठबन्धन बनेको हो,’ चाडपर्वका अवसरमा एमाले कास्कीद्वारा बुधबार आयोजित शुभकामना आदानप्रदान र चियापान कार्यक्रममा उनले भने, ‘तर गठबन्धनलाई सफल हुन दिनेछैनौं ।’

अहिले अवसरवादको खेती गर्ने शक्ति एकजुट भएको र एमालेले अघि सारेको राजनीतिक स्थायित्व, आर्थिक विकास, समृद्धि, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताजस्ता राम्रा काम रोक्ने उद्देश्यले गठबन्धन बनेको पोखरेलले आरोप लगाए ।

उनले आफ्नै पार्टीको सरकार हटाउनेहरूले अक्षम्य अपराध गरेको बताए । ‘आफ्नै पार्टीको प्रधानमन्त्रीलाई हटाउने, अदालतमा मुद्दा हाल्ने, अर्को पार्टीको नेतालाई प्रधानमन्त्री बनाउन सहयोग गर्नेहरूको भलो हुँदैन,’ उनले भने । त्यस्ता व्यक्तिलाई पार्टीको आगामी महाधिवेशनले किनारा लगाइदिने पोखरेलको भनाइ छ ।

त्यस्तै एमाले सचिव एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टीमा अझै पनि भावना र मनोविज्ञानका हिसाबले विभाजन रहेकाले त्यसलाई एकताबद्ध गराउनुपर्ने बताए ।


प्रकाशित : कार्तिक ३, २०७८ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?