कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

अन्नपूर्ण सर्किटमा दिनहुँ पर्यटक

आश गुरुङ

लमजुङ — चक्रीय अन्नपूर्ण पदमार्गमा पर्यटक आगमनको शून्यता तोडिएको छ । विश्वविख्यात यो पदमार्गमा कोभिडले झण्डै २ बर्षयता पर्यटक आगमन ठप्प थियो । अक्टोबर पहिलो सातामै उत्साहजनक रूपमा पर्यटक भित्रिएपछि पदमार्गका व्यवसायी हौसिएका छन् ।

अन्नपूर्ण सर्किटमा दिनहुँ पर्यटक

पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङका अनुसार केही दिनयता पर्यटक आगमन बढेको छ । ‘कोभिडले पर्यटक नआउँदा हाम्रा होटल बन्द भए । पर्यटक आगमनसंगै हामीमा केही उत्साह मिलेको छ,’ उनले भने । उनका अनुसार जेठ ३१ पछिको बाढीपहिरोले बगाएका सडक पूर्णरुपमा खुलेका छैनन् । ‘सडक पूर्ण रुपमा सञ्चालनमा आएपछि पर्यटक बढ्नेछ । अझ सरकारले पर्यटकलाई सहज वातावरण बनाए धेरै पर्यटक पदमार्गमा आउनेछन्,’ उनले भने ।

पछिल्लो समय हवाइजहाज चार्टड गरेर समेत पर्यटक आएका छन् । केही दिनअघि ७ जना अपांगता भएका नागरिकसहित ४० जना समिट एयरको हवाइजहाज चार्टड गरेर हुम्डे विमानास्थलमा ओर्लिए । यो समूहको ३ जना भने पदमार्गबाटै आएका थिए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमले अक्टोबर ३ तारिखमा मात्रै ५९ जना पर्यटक मनाङ गाउा भित्रिएका छन् ।

एक्यापको धारापानी चेकपोस्टका पर्यटन सहायक क्षेत्र गुरुङका अनुसार अक्टोबरको ५ दिनसम्म ९६ पर्यटक चक्रीय अन्नपूर्ण पदमार्गको मनाङतर्फ प्रवेश गरेका छन् । मंगलबार १७ जना, सोमबार २७, आइतबार १८, शनिबार २८ र शुक्रबार ६ जना पर्यटक भित्रिएका छन् । सेप्टेम्बर महिनामा ७६ जनामात्रै पर्यटक भित्रिएका थिए । ‘एकै दिनमा २३ जना पर्यटक एउटै ग्रुपका आए । यो २ बर्षयताकै सवैभन्दा ठूलो समूह हो’ उनले भने, ‘पर्यटक आगमन विस्तारै बढेको छ ।’

विश्वकै चर्चित ट्राभल गाइडबुक ‘लोन्ली प्लानेट’ ले २ वर्षअघि चक्रीय अन्नपूर्ण पदमार्गलाई उत्कृष्ट १० मा समेटेको थियो । त्यसयता पर्यटक आगमन बढ्ने अपेक्षा गरिए पनि कोभिडका कारण पर्यटक आएनन् । केही दिनयता पर्यटक आउन थालेपछि पर्यटन व्यवसायीमा उत्साह थपिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । ‘चक्रीय अन्नपूर्ण पदमार्ग वरपर धेरै होटल व्यवसायी छन् ।

धेरैजसो पर्यटन तथा होटल व्यवसायबाटै जीवन गुजार्दै आएका छन् । पर्यटक नआउादा बन्द होटल अहिले खुल्न थालेका छन् । व्यवसायीमा पनि उत्साह थपेको छ’ उनले भने । उनका अनुसार चक्रीय अन्नपूर्ण पदमार्गमा आउने पर्यटक संसारकै अग्लो मध्येको एक तिलिचो ताल (४,९१९ मि.) पुगेर पुनः मनाङ फर्किन्छन् । त्यसपछि र सिधै मनाङबाट थोराङ्ला भञ्ज्याङ (५,६१६ मि.) हुँदै मुक्तिनाथ, जोमसोम, म्याग्दी भएर पोखरा पुग्छन् । चक्रीय अन्नपूर्ण पदमार्गको धेरै जसो ठाउँ मनाङ र मुस्ताङले ओगटेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को संरक्षित क्षेत्रभित्र पर्ने यी ठाउँ सुरक्षित छन् ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलका अनुसार अहिले चक्रीय अन्नपूर्ण पदमार्ग खुला छ । म्याग्दीबाट मुस्ताङ हुादै मुक्तिनाथ भएर थोराङलासम्म खुला छ । उनले मुक्तिनाथ पनि खुला गरिएको बताए । ‘सडक बाटो खुला छ । पानीले केही पदमार्ग बिग्रिएका छन् । तर, धेरैजसो पदमार्ग र सडक सुरक्षित छ,’ उनले भने, ‘पदमार्ग खुलेसँगै पर्यटक आगमन बढेको छ ।’ मनाङ र मुस्ताङ प्रशासनले पर्यटकका लागि ७२ घण्टाको पीसीआर रिपोर्ट अनिवार्य गरेको छ । ‘हामी सुरक्षित छौं । विश्वसामु अन्नपूर्ण पदमार्ग सुरक्षित रहेको सन्देश बाँड्न चाहन्छौं,’ उनले भने ।

चक्रीय अन्नपूर्ण पदमार्गमा जनवरी र फेब्रुअरीमा पर्यटक आएनन् । मार्चमा ६६, अप्रिलमा ३ सय ६६, मेमा ४८ जना पर्यटक आए । जुन र जुलाईमा १/१ जना पर्यटकमात्रै आए । अगस्टमा ३ जना आए । धारापानी चेकपोस्टका अनुसार सन् २०१८ मा २९ हजार ४ सय ८४ जना पर्यटक भित्रिएका थिए । २०१९ मा २६ हजार ६ सय ४७ जना पर्यटक आए । सन् २०२० मा १ हजार ९ सय ७६ जना विदेशी पर्यटक चक्रीय अन्नपूर्ण पदमार्गमा भित्रिएका थिए ।

विश्वविख्यात चक्रीय अन्नपूर्ण पदमार्ग लमजुङको बेंसीसहरबाट सुरु हुन्छ । मनाङको धारापानी पुगेपछि गोरखातर्फ मनास्लु पदमार्ग पनि सुरु हुन्छ । बेंसीसहरबाट लमजुङ–मनाङ सीमा म्यार्दी पार गरेपछि ताल हुादै धारापानी, चामे, मनाङ भएर थोराङ्ला पास हुादै मुस्ताङ प्रवेश हुन्छ । मुस्ताङबाट बढी उकालो पर्ने भएकाले पर्यटक मनाङबाट मुस्ताङ झर्छन् । मुक्तिनाथबाट जोमसोम हुँदै म्याग्दीको बेनी निस्कन्छ ।

कोही बीच बाटोबाटै कास्कीका गाउँ पुग्छन् । कोही म्याग्दीबाट पोखरा लाग्छन् । यो समय पहिले पैदल २१ दिन लाग्थ्यो । मुक्तिनाथतर्फ अहिले म्याग्दीबाट जोमसोम हुँदै मुक्तिनाथसम्म सडक सुविधा छ । मनाङतर्फ बेंसीसहरबाट मनाङको मनाङ गाउासम्म सडक सुविधा छ । अहिले सक्नेले १ सातादेखि १० दिनमै चक्रीय अन्नपूर्ण पदमार्गको फेरो घुम्न सक्छन् । ठाउाठाउामा वैकल्पिक पदमार्ग निर्माण गरिएकाले पछिल्लो समय केही दिन बीच बाटोमै पर्यटक भुल्छन् ।

प्रकाशित : आश्विन २१, २०७८ १३:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×