कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस गोरखाको सभापतिमा न्यौपाने

कान्तिपुर संवाददाता

गोरखा — कांग्रेस गोरखाको जिल्ला सभापतिमा नन्दप्रसाद न्यौपाने सर्वसम्मत चयन भएका छन् । सोमबारबाट सुरु भएको निर्वाचन प्रक्रियामा न्यौपानेको मात्र सभापतिमा उम्मेद‌वारी परेपछि सर्वसम्मत बनेका हुन् ।

कांग्रेस गोरखाको सभापतिमा न्यौपाने

उनी यसअघिको जिल्ला कार्यसमितिको सचिव थिए । महाधिवेशन प्रतिनिधिको लागि भएको निर्वाचनमा पनि न्यौपानेले गोरखा क्षेत्र नम्बर १ बाट सर्वाधिक मत प्राप्त गरेका थिए ।

न्यौपाने कांग्रेस युवा नेता गगन थापा निकटका हुन् । उपसभापति, सचिव, सहसचिव लगायतका पदका लागि भने निर्वाचन प्रक्रिया सुरु भएको छ । सर्वसम्मत नभएका पदमा उम्मेदवारको नामावली प्रकाशन, दाबी विरोधलगायतका निर्वाचन प्रक्रिया सुरु गरिएको जिल्ला निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित : आश्विन १८, २०७८ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?