१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३४

मनास्लु हिमाल आरोहणको क्रममा क्यानेडियन नागरिकको मृत्यु

हरिराम उप्रेती

गोरखा — मनास्लु हिमाल आरोहणको क्रममा एकजना क्यानेडियन नागरिकको मृत्यु भएको छ । मंगलबार आरोहणको क्रममा चौथो क्याम्पभन्दा एक सय मिटर अगाडि ३७ वर्षीय ब्रेन्ट सेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मनास्लु हिमाल आरोहणको क्रममा क्यानेडियन नागरिकको मृत्यु

स्नो होराइजन कम्पनीमार्फत् आरोहणका लागि उनी मनास्लु पुगेका थिए । मृतकको शव बेस क्याम्प झारेर बुधबार कैलाश एयरको हेलिकप्टर मार्फत आर्खेत ल्याइएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी प्रकाश दाहालले बताए ।

आर्खेतमा शवको जाँच प्रकृति मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान गरी बुधबार नै शिक्षण अस्पताल महाराजगन्ज काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।


प्रकाशित : आश्विन १३, २०७८ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?