कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस अधिवेशन : गोरखाका ११ पालिकामा नयाँ नेतृत्व

६ पालिकामा सर्वसम्मत, ५ मा चुनाव
हरिराम उप्रेती

गोरखा — नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गोरखाको ११ वटा पालिकामा नयाँ नेतृत्व चुनिएका छन् । ६ पालिकामा सर्वसम्मत र ५ पालिकामा निर्वाचनबाट पालिका सभापति निर्वाचित बनेका हुन् ।

कांग्रेस अधिवेशन : गोरखाका ११ पालिकामा नयाँ नेतृत्व

बारपाक सुलिकोट गाउँपालिकाको सभापतिमा जितबहादुर घले विजयी बनेका छन् । ८९ मतका साथ घले विजयी बनेका हुन् । उनका प्रत्यासी केशरी ढकाल ४१ मत प्राप्त गरी पराजित बने । गोरखा नगरपालिकाको नगरसभापतिमा चन्दन बाबु खत्री विजयी बने । एक सय ५१ मतका साथ खत्री विजयी बनेका हुन् । उनीसँगै प्रतिस्पर्धामा रहेका डिलबहादुर थापाले १०७ मत ल्याएका थिए ।

पालुङटार नगरपालिकाको नगर सभापतिमा विमल ढकाल विजयी बनेका छन् । ढकालले १ सय २३ मत ल्याएर विजयी बने भने उनका प्रत्यासी अमर धिताल ५३ मत ल्याएर पराजित बने । भिमसेन थापा गाउँपालिकामा १०९ मत ल्याएर नारायण भट्टराई पालिका सभापतिमा विजयी बनेका छन् । उनका प्रत्यासी दिनेश नरालले ५२ मत प्राप्त गरे । सिरानचोक गाउँपालिकामा भक्तबहादुर गुरुङ विजयी बनेका छन् । गुरुङले ६८ मतका साथ पालिका सभापतिमा निर्वाचित बनेका हुन् । उनीसँगै प्रतिस्पर्धामा रहेका ज्ञानेन्द्र गुरुङले ६२ मत ल्याएर पराजित बने ।

चुमनुव्री गाउँपालिकामा सूर्यबहादुर गुरुङ, शहिद लखन गाउँपालिकामा काशिनाथ अंगाइ, धार्चे गाउँपालिकामा सन्तोष गुरुङ, आरुघाट गाउँपालिकामा राजु गुरुङ र अजिरकोट गाउँपालिकामा जंगबहादुर गुरुङ र गण्डकी गाउँपालिकामा होमबहादुर राना सर्वसम्मत पालिका सभापति चयन भएका छन् । पालिका तहको अधिवेशन सम्पन्न भएको जिल्ला निर्वाचन अधिकृत देवबहादुर महतले बताए ।

प्रकाशित : आश्विन १०, २०७८ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?