कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस अधिवेशन : गोरखाका ६ गाउँपालिकामा सर्वसम्मत सभापति

हरिराम उप्रेती

काठमाडौँ — कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत जारी पालिका अधिवेशनमा गोरखाका ६ पालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ । ११ स्थानीय तह रहेको गोरखाका बाँकी पाँच पालिकामा भने निर्वाचन प्रक्रिया चलिरहेको छ ।

कांग्रेस अधिवेशन : गोरखाका ६ गाउँपालिकामा सर्वसम्मत सभापति

चुमनुव्री गाउँपालिकामा सूर्यबहादुर गुरुङ, सहिद लखन गाउँपालिकामा काशीनाथ अम्गाइ, धार्चे गाउँपालिकामा सन्तोष गुरुङ, आरुघाट गाउँपालिकामा राजु गुरुङ, अजिरकोट गाउँपालिकामा जंगबहादुर गुरुङ र गण्डकी गाउँपालिकामा होमबहादुर राना सर्वसम्मत सभापति चयन भएका छन् ।

चुमनुव्री र धार्चे गाउँपालिकामा सभापतिसहित सबै पदाधिकारी र सदस्यहरु सर्वसम्मत चयन भइसकेका छन् । सभापति सर्वसम्मत भएका अन्य पालिकामा पदाधिकारी र सदस्य चयनका लागि भने सर्वसम्मत बनाउने प्रयास भइरहेको बताइएको छ ।

नगर सभापतिमा सर्वसम्मतको प्रयास असफल भएपछि गोरखा र पालुङटार नगरपालिकामा भने चुनावी प्रक्रिया सुरु भएको छ । गोरखा नगरसभापतिका लागि चन्दनबाबु खत्री र डिलबहादुर थापाले उम्मेदवारी दिएका छन् ।

यस्तै गोरखा नगरपालिकामा मतदान प्रक्रिया जारी छ । पालुङटार नगरपालिकामा अमर धिताल र विमल ढकालको उम्मेदवारी परेको छ । पालुङटार नगरपालिकामा पनि निर्वाचन प्रक्रिया चलिरहेको छ । भिमसेन थापा गाउँपालिकामा नारायणप्रसाद भट्टराई र दिनेश नरालबीच सभापतिमा प्रतिस्पर्धा भएको छ । बारपाक सुलिकोट गाउँपालिकामा जीतबहादुर घले र केशरी ढकालले सभापतिका लागि दावी गरेका छन् ।

सिरानचोक गाउँपालिकामा ज्ञानेन्द्र गुरुङ, वीरबहादुर थापा, जयकृष्ण ढकाल, भक्त गुरुङ गरी चार जनाको पालिका सभापतिका लागि दाबी परेको छ । सिरानचोकमा सर्वसम्मतको प्रयास असफल भएपछि मतदान प्रक्रियाबाट पालिका सभापति छनोटको तयारी थालिएको छ ।

११ वटै स्थानीय तहमा शनिबार बिहान ८ बजेबाट निर्वाचन प्रक्रिया सुरु भएको जिल्ला निर्वाचन अधिकृत देवबहादुर महतले बताए । पालिका अधिवेशनबाट एक जना सभापति, दुई उपसभापति, दुई सचिव र दुई सहसचिव निर्वाचित हुनेछन् ।

प्रकाशित : आश्विन ९, २०७८ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?