कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुटवल-नारायणगढ सडकको खाल्डो कालोपत्रे

नारायण शर्मा

पूर्वी नवलपरासी — सडक फराकिलो पार्ने ठेक्का लिएको चिनियाँ ठेकेदार कम्पनीले बुटवल-नारायणगढ सडक खण्डका खाल्डामा कालोपत्रे सुरु गरेको छ । १ सय १४ किलोमिटर सडक फराकिलो पार्ने ठेक्का पाएको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले दुईदिन अघिबाट सडकमा विभिन्‍न १५ स्थानमा खाल्डा पुर्दै कालोपत्रेको काम थालेको हो ।

बुटवल-नारायणगढ सडकको खाल्डो कालोपत्रे

सडक आयोजनाका इन्जिनियर कृष्ण आचार्यका अनुसार ठेकेदार कम्पनीले दसैं अघि हिँड्न मिल्ने बनाउने गरी काम थालेको जानकारी दिए । पहिलो चरणमा मुख्य बजारका खाल्डामा कालोपत्रे गर्ने काम सुरु गरेको हो । राजमार्गका विभिन्न १५ स्‍थानमा खाल्डा पुर्नका लागि काम थालिएको हो ।

चिनियाँ सरकारको स्वामित्व रहेको उक्त कम्पनीले राजमार्गका खाल्डा पर्ने र धुलो रहित बनाउनुपर्ने सम्झौतामा उल्लेख भएपनि २ वर्ष अघिदेखि खाल्डा पुर्ने काम थालेको थिएन ।

दसैं अघिबाटै राजमार्गका दुवै किनारका बिजुलीका पोल सार्ने पनि ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको इन्जिनियर आचार्यले जानकारी दिए ।

बुटवल-नारायणगढ सडकखण्डको १ सय १४ किलोमिटर सडक फराकिलो पार्न १७ अर्बमा ठेक्का लिएको कम्पनीले ३ वर्षको अवधिमा ८ प्रतिशत मात्र काम सम्पन्न गरेको छ ।

प्रकाशित : आश्विन ६, २०७८ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?